Techie IT
Hetauda Khabar

हेटौंडाको चुरेहिल अस्पतालमा फेरि भेटियो म्याद गुज्रिएको औषधि


हेटौंडाको चुरेहिल अस्पतालमा पुनः म्याद सकिएको औषधि फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका ११ मा रहेको चुरेहिलमा औषधि ब्यवस्था विभाग बिरगंजको अनुगमन टोलीले म्याद गुज्रिएको औषधि फेला पारेको हो । अस्पतालको फार्मेसीमा औषधिको विवरण नराखेको, खरिद बिल नभएको, पसलमा भएको औषधि बिरामीलाई उपलब्ध नगराएकोलगायतका कमजोरी फेला परेको हो ।

फार्मेसीमा यसअघि जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले ५ वर्षदेखि म्याद गुज्रिएको औषधि फेला पारेको थियो । साथै फार्मेसी बिना दर्ता संचालन गरेकोसमेत भेटिएको थियो । अनुगमन भएपछी फार्मेसीले गत १६ गते औषधि ब्यवस्था विभागबाट अनुमति पत्र ल्याएको छ ।

प्रशासनले ताला लगाएको फार्मेसी अनुमति पत्र ल्याएपछी शुक्रबार साझ खोलिएको छ । तर औषधि पसलमा म्याद गुज्रिएको औषधिबारे भने प्रशासनले कुनै कारबाही गरेको छैन ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट