Techie IT
Hetauda Khabar

प्रशासनले बन्द गराएको सन्चो हस्पिटलको ल्याब खोल्न जाँदा ढोका खुल्लै, टोली हेरेको हेरै !


जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले बन्द गरेको हेटौंडाको सन्चो अस्पतालको प्रयोगशाला अस्पताल आफैले खोलेको पाइएको छ ।

जिल्ला एकीकृत संयुक्त बजार अनुगमन टोलीले गत आइतबार हेटौंडा-१ स्थित सन्चो अस्पताल अनुगमन गरेको थियो अनुगमनका क्रममा अस्पतालको प्रयोगशाला दर्ता बिनै संचालन भएको र अन्य मापदण्ड पुरा नगरी संचालन भएको फेला परेपछी अनुगमन टोलीले प्रयोगशाला बन्द गराएको थियो ।

संचालन अनुमति नआउन्जेल ल्याब संचालन नगर्न प्रशासनले निर्देशनसमेत दिएको थियो ।

प्रशासनले बन्द गराएको ल्याब अस्पतालले संचालन गर्ने गरेको भेटिएको छ । आज आइतबार अस्पतालले ल्याबको अनुमति ल्याएपछी अनुगमनमा लगाइएको ताला खोल्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वको टोली अस्पताल पुगेको थियो । तर अस्पताल पुग्दा प्रयोगशालाको ढोका खुल्लै भेटियो । बन्द गर्न भनिएको ल्याब खुल्लै भेटिएपछी ताला खोल्न पुगेका अनुगमन टोली हेरेको हेरै भए ।

अस्पतालले संचालन नगर्न निर्देशन दिएको ल्याबमा बिल काटेरै संचालन गरिरहेको भेटिएको छ । ल्याब खोलेकै अवस्थामा भेटिएपछी प्रशासनको नेतृत्वमा पुगेको टोलीले संचालन गर्न अनुमति दिएर फर्केको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट