Techie IT
Hetauda Khabar

चित्लाङ–चन्द्रगिरि सडकमा बजेट दिन मकवानपुरका सांसदसहितको टोलिको प्रधानमन्त्रीसंग आग्रह


हेटौंडा । चित्लाङ–चन्द्रागिरी–थानकोट सडकको स्तरिकरणको लागि तत्काल १० करोड बजेटक उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग माग गरिएको छ । बुधवार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट गरि मकवानपुर क्षेत्र नंबर २ का सांसद एवम् एमाले सचेतक महेशकुमार बर्तौला, संविधानसभा सदस्य रामनारायण बिडारी, सुभाषचन्द्र ठकुरी, थाहा नगरपालिकाका मेयर विष्णु विष्ट सहितको टोलीले निकै जिर्ण अवस्थामा रहेको चित्लाङ–चन्द्रागिरी–थानकोटको तत्काल मर्मतको लागि १० करोड बजेट माग गरेका हुन् ।

चित्लाङ–चन्द्रागिरी–थानकोट सडकखण्डमा दुर्घटना बढेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग तुरुन्तै १० करोड रुपैँया माग र बहुवर्षिय योजनामा पारेर कम्तिमा ४० करोड रुपैँयाको श्रोत सुनिश्चितताको अनुरोध गरिएको सचेतक बर्तौलाले बताए ।

काठमाण्डौँबाट नजिकै रहेको मकवानपुरको थाहा नगरक्षेत्रमा प्रवेश गर्ने छोटो दुरिको सडकको अवस्था जर्जर भएको कारण दिनहु दुर्घटनाहरु भैरकेको भन्दै सरकारले पर्यटकीय क्षेत्रमा जाने सडकलाई विशेष महत्वको साथमा हेर्नुपर्ने बर्तौलाको भनाई रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफुलाई चित्लाङ सडकको महत्वका विषयमा जानकारी नै रहेको बताउदै सरकारले आवस्यक बजेट उपलव्ध गराउनेमा निश्चिन्त रहन आग्रह गरेको बताए ।

गत शनिवार मात्रै काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । यो दुर्घटना उक्त सडकको सेतो पहरा नामको स्थानबाट भएको थियो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी तथा लाजिम्पाटका डाक्टर महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो । कारबाट ओर्लेकी स्मारिकाकी आमा डाक्टर सृष्टि तिवारी गौतम मात्र सकुशल रहिन् ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट