Techie IT
Hetauda Khabar

सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन


भारतको सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ । इण्डियन एक्सप्रेसका अनुसार उनका सहकलाकार दयानन्द शेट्टीले फडनिसको निधनको पुष्टि गरे ।

दयाले भने, ‘दिनेशको बिहान १२।०८ बजे अन्तिम सास फेरे ।’ अभिनेताले मुम्बईस्थित तुंगा अस्पतालमा उपचार गराइरहेका थिए । उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ ।

दयाले दिनेशको निधन ‘मल्टिपल अर्गन फेल’को कारणले भएको बताए । उनले भने, ‘धेरै जटिलता थिए र उनलाई हिजो राति भेन्टिलेटरबाट हटाइयो । दिनेशको अन्तिम संस्कार बिहान १०।३० बजे मुम्बईमा हुनेछ ।’

यसअघि आइतबार हृदयघात भएको खबर आएपछि दिनेशलाई अस्पताल भर्ना गरिएको थियो । पछि दयाले यो कार्डियक अरेस्ट नभएर कलेजोमा क्षति भएको जानकारी दिए ।

सन् १९९८ मा पहिलो पटक प्रसारण भएर सोनी टिभीमा २० वर्षसम्म चलेको कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका खेलेपछि दिनेश चर्चित बने । उनले लोकप्रिय सिरिज तारक मेहता का उल्टा चश्मामा पनि उपस्थिति देखाए र सुपर ३० र सरफारोस जस्ता फिल्ममा सहायक भूमिका खेलेका छन् ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट