Techie IT
Hetauda Khabar

गठबन्धनका उम्मेदवारले गराए उम्मेदवारी दर्ता


मकवानपुरमा गठबन्धनका उम्मेदवारले आज उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना)ले आफ्नो उम्मेदवारी दिएकी छिन् भने प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी क्षेत्र १ को प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर पुलामी, (ख) मा कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले मनोनयन दर्ता गरेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रकी कुमारी मोक्तान र क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका तर्फबाट ईन्द्र बहादुर बानियाँले मनोनयन दर्ता गरेका छन् ।


क्याटेगोरी : मुख्य खबर
ट्याग : #आमनिर्वाचन, #चुनाव, #निर्वाचन, #प्रतिनिधिसभा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट