Techie IT
Hetauda Khabar

मकवानपुरको जुरिखेतमा स्कुल बस दुर्घटना, ९ जना घाइते


हेटौंडा । भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत जुरीखेतबाट चिउरी बगैचातर्फ जाँदै गरेको बा.१ घ ५८६ नम्बरको कुलेखानी बोर्डिङ स्कुल बस मंगलबार अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाँदा दुर्घटना भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुर्घटनामा परी बसमा सवार ७ जना विद्यार्थी सहित ९ जना घाइते भएका छन्। घाइते हुनेमा भीमफेदी–६ जुरीखेतका ५ देखि ६ वर्ष उमेर समूहका विद्यार्थी र सोही स्कुलकी ३६ वर्षीया शिक्षिका बिजुला रानामगर रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये एक जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ भने अरु ८ जनाको हेटौंडा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट