Techie IT
Hetauda Khabar

पाचौँ बकैया कप फुटबल पुस २४ देखि, खेलकुद मन्त्री डिगबहादुरले उद्घाटन गर्ने


हेटौंडा । पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि हुने भएको छ ।

युवा तथा खेलकूद विकास समिति बकैया गाउँपालिकाले गर्ने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले समुद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको सहभागिता हुनेछ । बकैयाखोला दोभान नजिकैको रङ्गशालामा हुने प्रतियोगितामा विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पुस २४ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजक समितिका संयोजक विजय लामा थिङले जानकारी दिए ।

चौथो संस्करणको उपाधी उपाधि ३ नम्बर वडाले जितेको थियो । भिरकोटस्थित जनक माविको खेलमैदान भएको फाइनल खेलमा ७ नम्बर वडालाई ३–० गोलअन्तरले हराउँदै ३ वडाले उपाधी जितेको थियो ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट