Techie IT
Hetauda Khabar

हेटौंडा बसपार्कबाट गाँजासहित एक जना पक्राउ


हेटौंडा । हेटौंडास्थित बसपार्कबाट प्रहरीले १० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो बसपार्कमा खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका-१७ का २२ वर्षीय श्रवण कुमार साहलाई संदिग्ध अवस्थामा चेकजाँच गर्दा उनको साथबाट लागूऔषध गाँजा फेला परेपछि पक्राउ गरिएको हो।

उनको साथबाट १० किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै थप अनुसन्धानका लागि पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट