Techie IT
Hetauda Khabar

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?


नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । कीर्तिमानी मूल्य कायम गर्दै लगातार दुई दिन ९मंगलरबार र बुधबार० घटेको सुनको मूल्य आज बढेको हो ।

बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट