Techie IT
Hetauda Khabar

हेटौंडामा डाक्टर कुट्ने २ जनालाई प्रहरीले समात्यो


बुधबार हेटौंडाको सन्चो हस्पिटल भित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

डाक्टरमाथि सांघातिक आक्रमण गर्ने मध्यका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार हेटौंडा उपमहानगरपालिका -१ मा रहेको सञ्चो हस्पिटलका चिकित्सक विकास थापा र प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो ।अस्पताल भित्रै चिकित्सक कुटिएको विषयमा स्वास्थ्यकर्मीका विभिन्न संगठनहरूले दोषीलाई कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनीसहित विज्ञप्ति निकालेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट