Techie IT
Hetauda Khabar

मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ विभागले मनायो स्तनपान सप्ताह


मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ विभागले विभिन्न कार्यक्रमको आयोजना गरि स्तनपान सप्ताह मनाएको छ ।

प्रतिष्ठानका बिएससी नर्सिङ प्रथम वर्षका विद्यार्थीले स्तनपान सम्बन्धि प्रस्तुतीकरण, पोस्टर प्रदर्शन र “स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता बिषयक वक्तित्वकला प्रतियोगिताको आयोजना गरी स्तनपान सप्ताह मनाएको नर्सिङ उप प्राध्यापक लक्ष्मी पैड्यालले जानकारी दिनुभयो ।

नेपालसहित विश्वभरि नै ‘विश्व स्तनपान सप्ताह’ मनाइएको छ । ‘स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरूको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ उक्त सप्ताह मनाइएको हो ।

प्रतिष्ठानका विद्यार्थीले आयोजना गरेको वक्तित्वकलामा सबिता बत्स्याल, रेस्मि न्यौपाने र दिया पराजुली प्रथम भएका छन् ।

कार्यक्रममा शिशु जन्मिएपछि जतिसक्दो चाँडो (एक घण्टाभित्र) मा आमाको दूध खुवाउनु पर्ने, शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि छ महिना पूरा नभएसम्म आमाको दूधमात्र खुवाउनुपर्नेलगायतका कुराहरुबारे जानकारी दिइएको थियो ।

नेपालमा अझै पनि ४५ प्रतिशत शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान नगराइएको पाइएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रतिवेदनमा ५५ प्रतिशत शिशुलाई  मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइएको छ । दस शिशुमध्ये छ जनालाई जन्मेपछि पहिलो दुई दिनसम्म पूर्ण स्तनपान गराइएको पाइएको छ ।

विश्व स्तनपान हप्ता पहिलो पटक १९९२ मा वल्र्ड अलायन्स फार ब्रेस्टफिडिङ एक्सनद्वारा १ देखि ७ अगस्टसम्म उत्सवका रूपमा मनाइएको थियो । विश्वव्यापी स्तनपान संस्कृतिलाई पुनः स्थापना गर्ने र जहिले पनि स्तनपानका लागि समर्थन प्रदान गर्ने लक्ष्यसहित युनिसेफ डब्ल्यूएचओ, व्यक्ति, सङ्गठनहरू र सरकार लगायत उनीहरूका साझेदार संस्थाहरूले मनाउने गर्छन् ।

 


क्याटेगोरी : समाचार, स्थानिय, स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट