Techie IT
Hetauda Khabar

सन्चो अस्पतालमा स्वास्थ्यकर्मीको श्रम शोषण, न्युनतम तलवसमेत पाउदैनन्, संगठन र प्रशासन किन चुपचाप ?


हेटौंडामा रहेको सन्चो अस्पतालले कर्मचारीलाई श्रम शोषण गर्ने गरेको पाइएको छ ।

अस्पतालमा काम गर्ने बिभिन्न कर्मचारीलाई तोकिएको तलव समयमा उपलब्ध नगराउने गरेको पाईएको हो । केहिदिन अघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अस्पतालमा भएकोअनुगमनका क्रममा कर्मचारीलाई निकै थोरै तलव दिने गरेको र सम्झौतामा तोकिए अनुसारको तलवसमेत नदिने गरेको स्वास्थ्यकर्मीले गुनासो गरेका थिए ।

‘हाम्रो तलब निकै कम छ, त्यो पनि सम्झौतापत्रमा तोकिए बराबरको तलवसमेत आउदैन, घटाएर हालिदिने गरेको छ’, एक कर्मचारीले गुनासो गरीन् । उनले आफुलाई मासिकरुपमा तलब नदिने गरेको समेत बताइन् ।

अस्पतालको प्रयोगशालामा कार्यरत महिला कर्मचारी (ल्याब टेक्निसियन) को सरकारी तलब स्केल अनुसार पाचौं तहको अनुसार लगभग ३८ हजार हुन्छ । निजि सस्थाले त्यहि बराबरको तलब दिनैपर्ने प्रावधान छैन । तर कामको सम्झौतामा तोकिएअनुसारको तलबसमेत कर्मचारीले नपाउने गरेको गुनासो गरेका छन् । एक महिला स्वास्थ्यकर्मीले आफ्नो सम्झौता १४ हजार रुपैयाँ मासिक तलवमा भएको तर अस्पतालले १३ हजार ५ सय मात्र दिने गरेको बताईन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७८ साउन एक गतेदेखि चिया बगान बाहेकका श्रमिकका लागि मासिक तलब १५ हजार रुपैयाँ लागू गरेको छ ।

श्रम ऐन, २०७४ को दफा ५८ देखि ६७ सम्म तथा श्रम नियमावली, २०७५ को नियम २७ देखि ३३ सम्म श्रमिक आपूर्ति सम्बन्धी व्यवस्था रहेको छ । सरकारद्वारा   २० वैशाख २०७८ मा प्रकाशित राजपत्रमा २०७८ श्रवण १ गते देखी लागू हुनेगरी श्रम ऐन, २०७४ को दफा १०६ को उपदफा (३) बमोजिम “प्रति व्यक्ती आधारभुत पारिश्रमिक रु. ९ हजार ३ सय ८५, महंगी भत्ता रु. ५ हजार ६ सय १५ तथा संचयकोष आधारभुत पारिश्रमिकको १०%, उपदान ८.३३% र सामाजिक सुरक्षाकोषमा योगदान रकम १.६७% भन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न पाइने छैन” भनि उल्लेख छ ।

त्यस्तै दैनिक ज्यालाको आधारभूत पारिश्रमिक ३ सय ६१ र महँगी भत्ता दुई सय १६ गरी ५ सय ७७ र प्रति घण्टाको आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महँगी भत्ता २९ गरी ७७ रुपैयाँ तोकिएको छ । तर सन्चो अस्पतालले ऐनमा उल्लेख भएअनुसारको न्युनतम पारिश्रमिकसमेत नदिने गरेको खुलेको छ ।

यो विषयमा स्वास्थ्य क्षेत्रमा विभिन्न कर्मचारी युनियन, संगठनहरु भने मौन रहेका छन् । कर्मचारीको हक र अधिकारका लागि आवाज उठाउने भनि खोलिएका कुनैपनि संघ-संगठनले यस विषयमा आवाज उठाएका छैनन् ।

यता श्रम ऐन विपरित कर्मचारीलाई सम्झौता गराउने र आधारभूत पारिश्रमिकसमेत नदिने गरेको सन्चो अस्पताललाई प्रशासनले पनि कुनै कारवाही गरेको छैन ।

सरकारले तोकेको न्युनतम मासिक पारिश्रमिक सेवा तथा सुविधाको दररेट यस्तो छ 

 

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट