Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
मंसिर २४, २०७६ ०६:३०:४१
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
बिचार-ब्लग
  • Home
  • News
  • हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था
64x64
चैत्र ८, २०७५ हेटौंडा खबर

संजय न्यौपाने : विश्व पानी दिवस, हरेक मार्च २२, पानीको महत्वमा ध्यान केन्द्रित छ । यो वर्षको विषय 'कसैलाई पनि पछाडी छाड्नु हुदैन' रहेको छ । यसले सन् २०३० को एजेन्डा 'सबैका लागि पानी' को विकासको लागि केन्द्रीय प्रतिज्ञालाई बढावा दिन्छ, जुन स्थायी विकासको प्रगति हुन्छ, सबैले यसको लाभ उठाउनुपर्छ भन्ने रहेको छ ।

सन् २०३० सम्ममा सवैका लागि पानी भन्ने मूल नारालाई सार्थक बनाउन यस हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडा उपमहानगरपालिका र समुदायको साझेदारी र सहयोगमा नगरबासिलाई सर्वसुलभ र विश्वासिलो तरिकाले शुद्ध पिउन योग्य पानि उपलव्ध गराउन योजनवद्ध ढंगबाट अघि बढेको छ । यस क्रममा हाल सम्म हेटौंडा उपमहानगरपालिका अन्तर्गत वडा नं. २ देखी १० सम्म पुरै र वडा नं. १, १४, १५, १६ र १७ का केही भु भागमा बसोबास गर्ने करिब १ लाख २० हजार उपमहानगरपालिका बासीहरुलाई बिहान बेलुकी सरदर ६ देखी ७ घण्टा १६७०० धाराहरुबाट दैनिक सरदर १ करोड ३१ लाख लिटर खानेपानी वितरण गर्दे आइरहेको छ । दैनिक पानीको माग भने १ करोड ५५ लाख लिटर (सेवा विस्तार भएको ७ नं. र १५ नं. वडा समेत) रहेको छ ।

हेटौंडा उपमहानगरपालिका भित्र वडा नंं ३, ११, १२, १३, १८ र १९ का बासिन्दाहरुले भने स्थानिय स्तरमा संचालित खानेपानी उपभोक्त समितिहरुबाट समेत खानेपानी उपभोग गर्दे आइरहेका छन् ।

हाल हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफनो सेवा क्षेत्र भित्र २ वटा सतहगत स्रोत (बुङ्गदल र चुच्चे खोला) र १३ स्थानबाट २१ वटा भुमिगत स्रोत पम्प संचालन (सामरी २ वटा, हुप्राचौर २ वटा, कर्रा २ वटा, कमाने २ वटा, कुखरेनी २ वटा, चौकिटोल २ वटा, चुरियामाई २, टि.सि.एन २, गौरीटार, पिप्ले, मयुरधाप, ७ नं. स्मृतिटोल, गर्दोइ) खानेपानी उत्पादन वितरण कार्य गर्दे आइरहेकोमा चालु आर्थिक बर्ष २०७५÷०७६को फागुन मसान्त सम्ममा हेटौंडा वडा नं. १० टि.सि.एन, वडा नं. १७ राइटोल, वडा नं. ७ नागस्वती र वडा नं. १ चौकिटोलमा नयाँ ४ थान डिप ट्यूवेल निर्माण गरी संचालनमा ल्याएको छ भने स्थानिय उपभोक्ता समितिबाट हेटौंडा वडा नं. ७ नागस्वतीमा संचालित योजना हस्तान्तरण भई आएको १ थान भुमिगत स्रोत सहित २६ वटा भुमिगत स्रोतहरुबाट खानेपानी उत्पादन गरि वितरण कार्य गर्दे आइरहेको छ । बोर्डको पानी भण्डारण क्षमता ३६४३ घन मिटर रहेको छ भने मेन तथा शाखा पाइपलाइन विस्तार २६६.८१४ किलो मिटर रहेको छ ।

बोर्डले आ.व. २०७५÷०७६ को सुरुवात देखि नै आर्सेनिक लगायत राष्ट्रिय खानेपानीको गुणस्तर मापदण्ड अनुसार पानी परिक्षण गरी र मासिक रुपमा पानी परिक्षण रिर्पोट सुचना पाटीमा टाँस गर्दे आइरहेको छ भने विभिन्न उपभोक्ता समिति संघ, संस्थान, व्यक्ति, फर्महरुबाट पानी परिक्षणको लागि अनुरोध भई आएमा बोर्डले तोकेको राजस्व रकम लिई खानेपानी परिक्षण गर्दे आइरहेको छ । सामाजिक उत्तर दायित्व अन्तर्गत बोर्डको कार्यालयमा सेवा लिन आउने सेवाग्राहि, कार्यालयमा कार्यरत कर्मचारीहरुका साथै यस कार्यालय आसपारका अन्य संघसंस्थाहरुमा कार्यरत महिला कर्मचारीहरुका साना नानीबाबुहरुलाई सहज रुपमा स्तनपान गराउने उद्देश्यले जिल्लामै पहिलो पटक स्तनपान कक्ष स्थापना गरि संचालनमा ल्याइएको छ ।

हेटौंडा वडा नं. १५ दमार टोलमा (रातोमाटे चौकि देखि पुर्वि भु—भाग) खानेपानीको समस्या समाधान गर्न यस खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडा उपमहानगरपालिका, प्रदेश सरकार र स्थानिय उपभोक्ताको संयुक्त सहकार्यमा १४०० मिटर मेन पाइपलाइन, आवश्यक फिटिङ्ग र विद्युत र मोटर पम्प जडान गरी खानेपानी संचालनमा ल्याइएको छ ।


उपभोक्ताहरु संगको सहकार्यमा विभिन्न स्थानहरुमा पाइपलाइन विस्तार कार्य गर्न विभिन्न साइजको १५४७९ मिटर पाइप खरिद कार्य सम्पन्न भएको छ । मिटर रिडिङ्ग कार्यलाई सरल र सहज बनाउन डिभाइस प्रयोगमा ल्याइएको छ ।

पानी महशुल भुक्तानीको लागि अनलाईन पेमेन्ट सुरुवात भई सकेको हाललाई अनलाइन पेमेन्टको सुविधा EnetPayment Apps मात्र रहेको छ भने e-Sewa, Khalti लगायतका अन्य Apps हरुबाट चाडै नै भुक्तानी गर्न सकिनेछ ।

बोर्डले चालु आ.वको अन्तय सम्ममा हेटौंडा वडा नं. ८ कमानेमा डिप ट्यूववेल निर्माण सम्पन्न गराई संचालनमा ल्याउने लक्ष्य राखेको यसै गरी हेटौंडा वडा नं. ६ र यस खानेपानी बोर्डको सहकार्यमा चौघडा देखि चुच्चेखोला बजार सम्ममको पुरानो जिर्ण पाइप परिवर्तन कार्य गर्न हेटौंडा उपमहानगरपालिका कार्यालयबाट बोलपत्र आब्हानको प्रकृयामा रहेकोे छ भने बुङ्गदल मुहानको स्तोरोन्नतीको कार्य भई रहेको ।

बोर्डको साविकको सेवा क्षेत्र भित्र खानेपानी वितरण प्रणलिमा सुधार ल्याउन, भण्डारन क्षमता थप गर्न र शुद्ध खानेपानी वितरण कार्य गर्नको लागि नेपाल सरकार संगको सहलगानीमा (नेपाल सरकार ७०% र खानेपानी बोर्ड ३०% प्रतिशतको साझेदारीमा कार्य गर्नको लागि नेपाल सरकार संगको सहकार्यमा प्रकृया अगाडी बढाइएकोमा बोलपत्र आब्हान भई हाल उक्त प्रकृया मुल्याङ्कनको क्रममाका रहेकोे ।

सहलगानी मार्फत बोर्डले टंकी निर्माण हेटौंडा २ हरिकुञ्जमा ५०० घ.मि.को ग्राउण्ड टंकी, हेटौंडा ५ रुद्रेश्वरमा ५०० घ.मि. को ग्राउण्ड टंकी, हेटौंडा १० टि.सि.एनमा ४५० घ.मि.को ओभर हेड टंकी, हेटौंडा १५ मा ५०० घ.मि. को ग्राउण्ड टंकी, डिप ट्यूववेल निर्माण विभिन्न ४ स्थानहरुमा, पानी शुद्धिकरण हेटौंडा ५ रुद्रेश्वर मन्दिर परिसरमा र विद्युतीकरण तथा मेन तथा शाखा पाइप लाइन विस्तार कार्यहरु गर्देछ ।

हेटौंडाको नगरक्षेत्र भित्र दिर्घाकालिन रुपमा खानेपानी समस्या समाधन गर्न र स्रोत वृद्धि गर्न कुलेखानी तेस्रोको टेलरेसबाट निस्केको पानीको प्राविधिक सम्भाव्ययता अध्ययन कार्य बोर्डले अघि बढाउने भएको छ साथै साविकको खानेपानी व्यवस्थापन बोर्डको सेवा क्षेत्र भित्र र हेटौंडा उपमहानगरपालिकाको क्षेत्र भित्र समेत खानेपानीको समस्या समाधान गर्न खानेपानी व्यवस्थापन बोर्डले स्थानिय तह, प्रदेश सरकार र संघिय सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरु मार्फत आवश्यक गृहकार्य अगाडी बढाइ रहेको छ ।

लेखक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको लेखापाल हुन् 


प्रकाशित मिति: शुक्रवार, चैत्र ८, २०७५, ०७:०३:००
Loading...
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती...
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं
ताजा समाचार
माछा पोखरीमा डुबेर बालकको ज्यान गयो मंसिर २४, २०७६ 11
पुरुष फुटबलमा नेपाल विजयी
आगो ताप्दै सुत्ने क्रममा बृद्धको ज्यान गयो
चरेससहित एक पक्राउ
यसकारण गर्न हुँदैन आफ्नै गोत्रभित्र विहे
अवैध घरेलु मदिरा भट्टी नष्ट
नलकटुवा पेस्तोलसहित १ भारतीय पक्राउ
अस्पतालमा अन्धाधुन्ध गोली प्रहार, चारजनाको ज्यान गयो
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
विचार–ब्लग
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था हेटौंडा खबर
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती... हेटौंडा खबर
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं हेटौंडा खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
हट अवतारमा पोर्नस्टार मंसिर २३, २०७६
यसकारण ‘पत्तासाफ’ भयो सौगातको फिल्म ‘माछा माछा’ मंसिर २२, २०७६
नयाँ लुक्समा यस्ता देखिए अभिनेता आमिर खान मंसिर २२, २०७६
अनौठो संसार
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
'बक्सर' को रुपमा ट्रम्पको नयाँ अवतार !
कुकुरले बचायो आफ्नो मालिकको ज्यान ।
सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै भएपछि पत्नीले घर छाडेर माइत हिँडीन्
सम्पर्क

'रेशम मिडिया नेटवर्क प्रा.लि'द्वारा संचालित हेटौंडाखबर डटकम (www.hetaudakhabar.com)

हेटौंडा ५, मकवानपुर
9851169037
hetaudakhabar.com@gmail.com, newshetaudakhabar@gmail.com

प्रकाशक : रबिन्द्र गौतम
सम्पादक : मोहन श्रेष्ठ
कम्पनी दर्ता : १५६९५५/०७३/०७४
प्रेस काउन्सिल दर्ता : ८६८
सूचना बिभाग दर्ता नं : ८७२
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #हरी बहादुर महत
  • #मेयर
फेसबुक पेज
Hetauda Khabar
©Hetauda Khabar - 2019 All rights reserved.
Web Design by : SoftNEP