Techie IT
Hetauda Khabar

आफ्नो गलत कामको आलोचना भएपछी हेटौंडाकी मेयरद्वारा पत्रकारमाथि गालीगलौज


आफुले गरेको गलत कार्यको विरोध भएपछी हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा गालीगलौजमा उत्रिएकी छिन् ।

हेटौंडा-४ मा रहेको एक सैलुनलाई एसी र इन्भर्टर दिनको लागि तोकादेश गरेको विषयमा उनको हिजोदेखि चौतर्फी आलोचना भैरहेको छ । आलोचना खप्न नसकेकी उनि पत्रकारमाथि नै जाइ लागेकी छन् ।

उनले देश बिगार्ने पत्रकार भएको र उनीहरु पत्रकार नभई पत्रुकार भएको अभिव्यक्ति दिएकी छन् । न्युज २४ टेलिभिजनका पत्रकार बिरेन्द्र जैरुसंग एक कार्यक्रममा कुरामानी गर्ने क्रममा मेयर लामाले पत्रुकार भन्दै देश बिगार्ने पत्रकार हुन् भन्ने अभिव्यक्ति दिएकी हुन् ।

उनको यो अभिव्यक्ति आएपछि थप उनि आलोचनाको शिकार भएकी छन् भने पत्रकारहरु रुष्ट बनेका छन् । उनले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पत्रकारले माग गरेका छन् ।

यस विषयमा पत्रकारआवद्ध संघ संगठन भने बोलेको छैन । पत्रकार महासंघले पनि यस विषयमा औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । मेयरको अभिव्यक्तिविरुद्ध कानुनी उपचारमा जानुपर्ने पत्रकारहरुले आवाज उठाउन थालेका छन् ।

हेटौडा उपमहानगरपालिका- ४ मा रहेको द नाइनटिन सैलुनलाई एसी र इन्भर्टर जडानका लागि मेयर लामाले माग बमोजिमको सामग्रीको लागत अनुमान तयार गरिदिन आदेश सहितको तोक निवेदन सार्वजनिक भएपछी उनको आलोचना सुरु भएको हो।

मेयर लामालाई उक्त सैलुनले उद्घाटनको दिन फेसियल र कपाल काटिदिएर चिटिक्क बनाइदिएपछि सैलुनको उनले खुलेरै तारिफ गरेकी थिइन्। तारिफ सँगसँगै उद्घाटन कार्यक्रममा सैलुनमा धेरै गर्मी भएकाले म एसी जडान गर्न सहयोग गर्छु भन्ने आश्वासन व्यक्त गरेकी थिइन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट