अपडेट – पक्राउ परेकालाई ५ दिन म्याद थप

हेटौंडा अस्पतालको बोर्ड केरमेट विवादमा प्रहरीले नियन्त्रणमा लिएको छ जनाविरुद्ध ५ दिनको म्याद थप भएको छ ।
उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय मार्फत ५ दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले पुष्टि गरे ।
सुनील गीरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई ५ बजे प्रहरीले नियन्त्रण लिएको थियो ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया