हेटौंडा अस्पताल घटना – ६ जना प्रहरी नियन्त्रणमा, आन्दोलन चर्काउने चेतावनी

हेटौंडा अस्पतालको बोर्ड केरमेट विवादमा मुछिएका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केहीसमय अघि प्रहरी प्रमुख विश्व राज खड्काको आदेशमा उनीहरुलाई पक्राउ गरेको डिएसपी स्यमु अर्यालले बताए ।
सुनील गीरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरू विहानै प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीले छलफल गर्ने भनी ५ बजेसम्म बैठक कक्षमा राखी उनीहरुलाई एसपीको आदेश भन्दै हिरासतमा राख्न भनेको हो ।
प्रहरीले नियन्त्रणमा लिएपछि संघर्ष समितिले हेटौंडामा आन्दोलन चर्काउने चेतावनी दिएको छ । समितिको अगुवाइमा केहीबेर पछी हेटौंडाका विभिन्न स्थानमा प्रदर्शनको तयारी थालेका छन् । पक्राउ परेकालाई विनाशर्त तत्काल नछाडे आन्दोलनमा उत्रिने उनीहरूले बताएका छन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया