Techie IT
Hetauda Khabar

हेटौंडा अस्पतालको बोर्ड विवाद : ५ बजेपछि एसपीको आदेश – सबैलाई थुन्नु, नछोड्नु


गत चैत ३० गते हेटौंडा अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको शब्द मेटाएको आरोप लागेका युवाहरुलाई दिनभर प्रहरी कार्यालयमा होल्ड गराएर प्रहरी प्रमुख (एसपी) ले नछोड्न आदेश दिएका छन् ।

प्रहरी कार्यालयमा उपस्थित हुँदासमेत प्रहरीले नियन्त्रणमा लिई थुनामा राख्ने कि नराख्ने विषयमा प्रहरी दिनभर अलमलमा रहेको थियो।  प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको बेला आज ६ जना युवाहरु आफै प्रहरी कार्यालयमा उपस्थित भएका थिए । बिहान १० बजे नै उपस्थित भएका युवाहरुलाई साँझ ५ बजेसम्म बैठक कक्षमा राखेको थियो ।

प्रहरी कार्यालयका डिएसपी स्यामु अर्यालले एसपी साव आएपछि छलफल गर्ने भन्दै दिनभर युवाहरुलाई होल्ड गराएका थिए ।  ५ बजेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्व राज खड्काले उपस्थित सबैलाई नछोड्न आदेश दिएको उनले बताए । ५ बजेसम्म एसपी खड्का भने कार्यलयमा उपस्थित भएनन्।

प्रहरीले राजनैतिक दलका नेता, प्रतिष्ठानका प्रतिनिधिलगायतलाई बोलाएको थियो तर छलफल नै नगरी एसपी खड्का आदेशमा उपस्थित युवाहरुलाई हिरासतमा राखिएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट