फरेस्ट्री क्याम्पस हेटौंडाका विद्यार्थीले मनाए वन्यजन्तु सप्ताह, सातै दिन विभिन्न कार्यक्रम

हेटौंडाको वन बिज्ञान (फरेस्ट्री क्याम्पस) का विद्यार्थीले क्याम्पस वरिपरी सरसफाई कार्यक्रम गर्दै वन्यजन्तु सप्ताह मनाएका छन् । आजबाट सुरु भएको ३० औं वन्यजन्तु सप्ताहको पहिलो दिन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस वरपरका स्थानहरुमा सरसफाई गरी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षसमेत मनाएको विद्यार्थी दिपेन्द्र शाहीले बताए ।
यही वैशाख ७ गतेसम्म समुदाय केन्द्रित कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउने उनले बताए । हरेक वर्ष वन्यजन्तु संरक्षणका लागि सप्ताहव्यापी कार्यक्रम गरेर मनाइँदै आएको छ । समुदायस्तरमा वन्यजन्तु संरक्षणको सचेतना जगाउनका लागि कार्यक्रम प्रभावकारी हुने विद्यार्थीहरुले विस्वास लिएका छन् ।
वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै विद्यार्थीहरुले सातै दिन छुट्टाछुट्टै कार्यक्रम गरी सप्ताह मनाउने तयारी गरेका छन् ।
सप्ताहअन्तर्गत आज सरसफाई, भोली बन र बन्यजन्तु सम्बन्धि नाटक प्रदर्शन, बन्यजन्तु सम्बन्धि सरोकार वाला निकायसंग अन्तरक्रिया तथा छलफल, बन डडेलो सम्बन्धि तालिमलगायतका कार्यक्रम गरी सप्ताह मनाइने फरेस्ट्री क्याम्पसका विद्यार्थीले जनाएका छन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया