हेटौंडाबाट खैरो हिरोइन सहित ३ जना पक्राउ

हेटौंडाबाट लागुऔषध खैरो हिरोइन सहित ३ जना पक्राउ परेका छन् ।
शनिबार साझ लागुऔषध कारोवार भईरहेको छ भन्ने सूचना प्रहरीले पाएपछी बिशेष सूचनाको आधारमा हेटौंडा-४ क्याम्पस रोड स्थित सडकमा संकास्पद रुपमा बसिरहेका धनुषा महेन्द्रनगर २ बस्ने ३४ वर्षीय जुनेन अन्सारी र मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ३ घर भई हेटौंडा-५ भैरवरोड बस्ने ३० वर्षीय विश्वराज रुपाखेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनीहरुलाई खानतलासी गर्दा साथबाट लुकाई छिपाई राखिएको अवस्थामा ४ ग्राम ८१० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट ना १७ प ४१७६ नम्बरको मोटरसाइकल समेत बरामद गरी थप अनुसन्धान भैरहेको छ ।
त्यस्तै हिजै साझ हेटौंडा-१ तरकारी बजार स्थित सडकबाट हेटौंडा- १ बस्ने २४ वर्षीय सुशीलदास बाँनियालाई २ ग्राम ८० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित पत्राउ गरेको प्रहरीले जनाएको छ । उनिमाथि पनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया