रवीन्द्र र धवल शमशेरलाई ५ दिन हिरासतमा राख्न अनुमति, उपचारको व्यवस्था मिलाउन आदेश

काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
त्यस्तै अदालतले नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरालाई उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ ।
मिश्र र जबराले आफूलाई सन्चो नभएको बताएपछि अदालतले प्रहरीलाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो ।
अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीले आइतबार अपराह्न म्याद थपका लागि ४१ जनालाई अदालतमा पेश गरेको थियो ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया