Techie IT
Hetauda Khabar

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो  ।

पछिल्लो समय निरन्तर बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबारको तुलनामा आईतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने केही घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थबाणिज्य, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट