सुनको भाउले बनायो फेरी नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ ।
जसअनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ ।
क्याटेगोरी : अर्थबाणिज्य, मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया