अपडेट- सितलमहल चोकको संकास्पद वस्तु सेनाद्वारा डिस्पोज, विस्फोटक पदार्थ नभएको पुष्टि

हेटौंडाको सितलमहल चोक नजिकै फेला परेको संकास्पद वस्तु विस्फोटक पदार्थ नभएको नेपाली सेनाले पुष्टि गरेको प्रहरीले जनाएको छ ।
बिहिबार साझ हेटौंडा-४ सितलमहल चोक स्थित गरुड पथ जाने बाटोनजिक प्रेसरकुकर सहितको संकास्पद वस्तु देखिएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उक्त स्थानमा प्रहरी पुगी घटनास्थललाई सुरक्षित बनाएर प्रहरीले नेपाली सेनामार्फत संकास्पद वस्तु डिस्पोज गर्न समन्वय गरेको थियो ।
नेपाली सेनाले केही बेर अघि उक्त वस्तु डिस्पोज गरेको छ । डिस्पोज गर्दा विस्फोटक पदार्थ नभेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया