Techie IT
Hetauda Khabar

हेटौंडामा गुण्डागर्दी गर्दै हिड्ने एकजना पक्राउ, प्रहरीमाथि नै जाइलागेपछि मुद्धा दायर


हेटौंडाको बसपार्कमा गुण्डागर्दी गर्दै प्रहरीमाथिनै हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती १० बजेतिर हेटौंडा उपमहानगरपालिका-१० बसपार्कका मादकपदार्थ सेवन गरी प्रहरीमाथि जाइलाग्ने हेटौंडामा भिम लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मादकपदार्थ सेवन गरी राती हेटौंडा-१० स्थित हेटौंडा दोहोरी साझ अगाडी गालीगलौज गर्दै एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएपछी घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरी चौकी बसपार्कका इन्चार्ज बिमल ढुंगेलले लोप्चनलाई सम्झाई बुझाई गर्दा उनि प्रहरी इन्चार्जमाथि नै जाइलागेका थिए ।

प्रहरीलाई हातपात गर्दा प्रहरीको बर्दिसमेत च्यातिएको थियो । बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन नसकेपछी वडा र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गरी उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । बिना कारण होहल्ला गर्दै व्यक्तिलाई कुटपिट गर्ने, धम्क्याउने काम गर्ने लोप्चनलाई प्रहरीले पटक-पटक पक्राउ गर्दै छोड्दै गर्ने गरेको थियो ।

उनलाई प्रहरीले सम्झाउदा आफु राजनीतिक पहुच भएको व्यक्ति भएकाले प्रहरीले केही गर्न नसक्ने भन्दै प्रहरीलाई नै धम्क्याउने गरेको प्रहरी अधिकारी बताउछन् । प्रहरीका अनुसार लोप्चनले पटक-पटक रातको समयमा मादकपदार्थ सेवन गरी सिसा फुटाइदिने, कुटपिट गर्ने र ज्यानमार्ने धम्की दिनेसमेत गर्ने गरेका छन्  । उनको हर्कतबाट बसपार्क छेत्रका प्रहरीसमेत हैरान भएका छन् भने सो क्षेत्रका व्यवसायी तथा स्थानीय त्रसित छन् ।

केही समय अघि लोप्चनले हेटौंडा उपमहानगरपालिका मातहतको बसपार्कको ८ नम्बर सटरमा रहेको पसलको सिसा फुटाइदिएपछी प्रहरीले पक्राउ गरी ४० हजार जरिवाना तिराउने कागज गराएर छोडेको थियो, तर उनले उक्त जरिवानाको रकमसमेत नतिरेको प्रहरी कहाँ गुनासो आएको प्रहरी स्रोतले बताएको छ ।

उनले पटक-पटक महिला प्रहरीमाथि पनि अभद्र व्यवहार गर्ने, अपशब्द बोल्ने गरेको पनि महिला प्रहरीको गुनासो छ ।

लोप्चन सोमबार राती एक प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको छ । उनलाई आज जिल्ला प्रशासन कार्यालय मार्फत ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट