Techie IT
Hetauda Khabar

हेटौंडामा अत्याधुनिक ‘हेटौडा नेपाल ल्याब हाउस’ संचालन


हेटौंडामा अत्याधुनिक ल्याब संचालनमा आएको छ ।

हेटौंडा उपमहानगरपालिका-१० राप्ती रोडमा करिव ३ करोड लगानीमा ‘हेटौडा नेपाल ल्याब हाउस एन्ड मल्टि स्पेसियालिटी क्लिनिक’ शुक्रबारबाट संचालनमा आएको हो । ल्याबको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाटले उद्घाटन गरेका हुन् । ल्याबले बी ग्रेडको अनुमती पाएको छ । बी ग्रेडको यो ल्याब मकवानपुर जिल्लामा पहिलो हो ।

उद्घाटनका क्रममा अध्यक्ष रानाभाटले ल्याबले जिल्लाका सेवाग्राहीहरूलाई सहज र सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बिस्वास व्यक्त गरे । उनले सुविधा सम्पन्न ल्याब सञ्चालन गर्ने सञ्चालक समुहलाई धन्यवाद दिँदै सेवाग्राहीहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न आग्रह गरे ।

हेटौडा नेपाल ल्याब हाउसमा ओपीडी, प्रयोगशाला, भिडिओ एक्सरे, फार्मेसी, ईसीजीलगायतका सेवाहरू रहेको संचालक बेलप्रसाद खतिवडाले जानकारी दिए । उनले ल्याबको मुख्य उद्देश्य मकवानपुरका सेवाग्राहीहरूलाई स्वास्थ्य परीक्षणका लागि चितवन वा अन्य ठाउँमा जानुपर्ने बाध्यताबाट मुक्त गराई जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताए ।

ल्याब संचालनमा आएसंगै मकवानपुरमा जाँच नहुने र अन्यत्रै जिल्लाका प्रयोगशालामा पठाउनु पर्ने चेकजाँचहरु अब हेटौंडामै हुने भएको छ । ल्याबले संचालन आरम्भका अवसरमा विशेष अफरहरू पनि सार्वजनिक गरेको छ । जसअनुसार रगत र सुगर परीक्षण निःशुल्क र शरीरको सम्पूर्ण जाँच (होल बडी चेकअप) ३ हजार रुपैयाँमा गरिने बताइएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट