चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आइतबार आयोजना गरेको शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ विद्यार्थीको घुइँचो लागेको छ ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा सुरु भएको मेलामा विद्यार्थीहरुको विहानैदेखि भिड लागेको थियो । मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ३५ बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिएका थिए । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मेलामा अबेरसम्म विद्यार्थी उपस्थित थिए ।
ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीको उल्लेखीय उपस्थिति रहेको र केही वर्षपछि जाने तयारीमा रहेका विद्यार्थीहरु समेत उपस्थिति भएर मेलाको फाइदा लिएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
‘एक्सपर्ट एडु फेयर’को बैंकिङ पार्टनमा माछापुछ्रे बैंक र एजुकेशन पार्टनरमा ‘आइडीपी आइएलटिएस’ रहेको थियो । विद्यार्थीहरुले त्यहाँबाट पनि आफ्नो सेवा बारे जानकारी लिएका थिए ।
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ ।
साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।
क्याटेगोरी : समाचार, स्थानिय
प्रतिक्रिया