Techie IT
Hetauda Khabar

हेटौंडाको प्रवेश फार्मेसीमा अबैध क्लिनिक संचालन, टाउको दुख्न्नेदेखि धेरै शंका गर्नेको सम्म उपचार !


हेटौंडाको प्रवेश फार्मेसीले गैरकानुनी रुपमा क्लिनिक संचालन गर्ने गरेको पाइएको छ ।

हेटौंडा-११ चुरेहिल अस्पतालको गेट नजिक रहेको प्रवेश फार्मेसीले अनुमतीनै नलिई क्लिनिक संचालन गरी बिरामीको उपचार गर्ने गरेको पाइएको हो । यस औषधि पसलमा बेड राखी फार्मेसीकै नामको बिरामी पुर्जा बनाएर उपचार गर्ने गरेको छ ।

क्लिनिक सञ्चालनका लागि हेटौडा उपमहानगरपालिकाले स्वीकृति दिनुपर्दछ भने, पोलिक्लिनिक दर्ताका लागि जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्दछ। त्यस्तै १५ बेडसम्मको अस्पतालका लागि हेटौडा उपमहानगरपालिकाबाट सैया सहितको सञ्चालन अनुमति लिएको हुनुपर्दछ तर प्रवेश फार्मेसीमा भने बिना दर्ता औषधि पसलबाटै बिरामीको चेकजाँच गरिएको पाइएको छ ।

सम्पूर्ण रोगको उपचार भन्दै भ्रामक प्रचार 

प्रवेश फार्मेसीले टाउको दुख्नेदेखि बिस्तारामा पिसाब फेर्नेसम्मको उपचार हुने गरेको बताउँछ । बारम्बार एउटै सोचाइ आइरहने, यौन इच्छा शक्तिमा कमी,  धेरै रक्सी खानेलाई छुटाउने, धेरै शंका गर्नेको उपचार, पढ्न नसक्नेको उपचार लगायतका सबै उपचार फार्मेसीमा हुने भन्दै भ्रामक प्रचार गर्ने गरेको छ ।यसरी औषधि बेच्ने पसलमा बिरामीको चेकजाँच गर्दै यस फार्मेसीले गैरकानुनी काम गरेको छ नै बिरामीको स्वास्थ्यमाथि समेत गम्भीर खेलबाड गरेको छ।

बिना दर्ता बाहिरबाट चिकित्सक बोलाएर फार्मेसीमा बिरामी जाँच गरी स्वास्थ्य सेवाको नाममा चर्को शुल्क उठाउने गरेको छ । औषधि पसलमा औषधि बिक्री वितरण मात्र गर्न पाइने कानुनी प्रावधान रहेको छ। तर यस फार्मेसीले बेड नै राखेर विशेषज्ञ सेवा भन्दै बिरामीको उपचार गराउने गरेको छ। बिरामीको उपचारका लागि स्वीकृति पनि लिएको छैन।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा प्रवेश फार्मेसीले लापरवाही गर्ने गरेको छ।

फार्मेसी संचालक प्रवेश ढकालका अनुसार क्लिनिक दर्ता छैन । अरुले बिना दर्ता संचालन गरेकोले आफुले पनि संचालन गरेको उनको भनाई छ । हेटौडाका अधिकांस औषधि पसलहरूमा बिरामीको चेकजाँच गर्ने गरिन्छ। सञ्चालन अनुमति औषधि बिक्री वितरणको मात्र लिएको औषधि पसलमा अस्पतालमा जस्तो बेड नै राखेर सम्पूर्ण रोगको उपचार गरिने भन्दै फार्मेसीले बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गरेका छन्। यसतर्फ सम्बन्धित निकायले अनुगमन गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट