मनहरी गाउँपालिकाका सूचना अधिकारीले नै लुकाउछन् सूचना, मोबाइल सधै अफ !
![](https://ap-south-1.linodeobjects.com/hetauda/2025/02/manaharii.jpg)
सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ मा प्रत्यक नेपाली नागरिकलाई ऐनको अधिनमा रही सूचनाको हक हुनेछ भन्ने उल्लेख छ । दफा ३ को उपदफा १,२ र ३ मा स्पस्ट सूचनाको हक सम्बन्धि व्यवस्था रहेको छ । त्यस्तै प्रदेश सुचनाको हक सम्बन्धि ऐन २०७६ को दफा ३ को उपदफा १,२ र ३ मा पनि सोही ब्यस्वस्था गरिएको छ ।
त्यस्तै ऐनको दफा ४, ५ र ६ मा सार्वजनिक निकायको दायित्व, सूचना अध्यावधिक र प्रकाशन र सूचना अधिकारीको व्यवस्था सम्बन्धी स्पस्ट व्यवस्था छ तर, यो ऐनकै बर्खिलाप कतिपय सरकारी र सार्वजनिक निकायले कानुनको पालना गरेका छैनन् ।
सूचना अध्यावधिक नगर्ने र सूचना लुकाउने काम हुँदा नागरिकले संविधानले दिएको अधिकारबाट बन्चित हुनुपरेको छ भने सार्वजनिक निकायमा भष्ट्राचार र अनियमितता मौलाउदै गरेको छ ।
यसैक्रममा मकवानपुरको मनहरी गाउँपालिकाले पनि सूचना लुकाउने गरेको छ । आफ्ना सूचना तथा कार्यालयमा हुनेगरेका गतिविधि अध्यावधिक गरी सार्वजनिक गर्नुपर्नेमा सूचना माग्दासमेत कार्यालयका सूचना अधिकारीले सूचना लुकाउने गरेका छन् ।
मनहरी गाउँपालिकाले राजेन्द्र भट्टराईलाई सुचना अधिकारी तोकेको छ तर, उनैले पालिकाको अधिकांस सूचना लुकाउने गरेका छन् । नागरिकको सुचनाको हकलाई नै बन्देज गर्ने गरी भट्टराईले सूचना लुकाउने र नदिने गरेका छन् ।
सूचनाको हक सम्बन्धी ऐन को दफा ७ मा सूचना प्राप्त गर्ने कार्यविधि उल्लेख गरिएको छ । सो कार्यविधि अनुसार सूचना माग गर्दासमेत सूचना अधिकारीले सूचना नदिने गरेका हुन् ।
अर्को तर्फ सूचना अधीकारीले हरेक सार्वजनिक चासोको विषयको सूचनाको अध्यावधिक गरी राख्नुपर्नेमा सूचना अधिकारीनै सम्पर्कबिहिन भएर बस्ने गरेका छन् । पालिकाका सूचना अधिकारी भट्टराईलाई पालिकाको गतिविधि बारे बुझ्न खोज्दा उनले हरेक विषयमा अनविज्ञता जनाउछन् भने, सूचना तथा जानकारी लिन खोज्दा सूचना उपलब्ध गराउदैनन् ।
पालिकाले सुचना अधिकारी तोकेर मोबाइल नम्बर ९८५५०८८११० लाई सूचना अधिकारीको सम्पर्क नम्बर तोकिएको छ तर, उनले यो नम्बर अधिकांस समय बन्द गरेर राख्ने गरेका छन् । सूचना अधिकारीले अत्यावायक र गम्भीर प्रकृतिका काम बाहेक अन्य समयमा सम्पर्कमा बस्नुपर्नेमा उनले २४ घण्टामा सूचना अधिकारीको आधिकारिक सम्पर्क नम्बर २० घण्टा जती बन्द गरेर बस्ने गरेका छन् ।
पालिकाका वडाअध्यक्षलगायतका अन्य जनाप्रनिधि तथा कर्मचारीले नै उनलाई भनेको बखत सम्पर्क गर्न नसकिने गुनासो गर्छन् । जनप्रतिनिधिले नै आफ्नो पालिकाको गतिविधि बारे बुझ्दा उनले आधिकारिक सूचना नदिने र ढाट्ने गरेको वडाअध्यक्षहरुको गुनासो छ ।
सूचना अधिकारी भट्टराईलाई हामीले पालिकाको गतिबिधिबारे बुझ्न खोज्दा उनलाई सम्पर्क गर्न ३ दिन लाग्यो । बल्ल बल्ल सम्पर्कमा आएका भट्टराईले सूचना दिनसमेत आनाकानी गरे भने सबैकुरामा अनविज्ञता प्रकट गरे ।
यसरी सूचना अधिकारीले नै सूचना लुकाउने, सम्पर्क बिहिन हुने र सूचना ठिक साचो नदिने गर्दा अनियमितताबारेको खबर बाहिरिने डरले होकी भन्ने संका पैदा भएको छ भने, सार्वजनिक सरकारी निकायले नै नागरिकलाई सूचनाको हकबाट बन्चित गर्ने गरेको स्पस्ट देखिन्छ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया