हेटौंडा बसपार्कका होटल र स्पामा खुलेआम यौन धन्दा, एक संचालकलाई पक्राउ पुर्जी जारी

हेटौंडाको होटल तथा लजहरूमा देहव्यापार हुने गरेको पाइएको छ। हेटौंडाको उपमहानगरपालिका वडा नम्बर १० बसपार्क स्थित होटलहरूमा खुलेआम यौन कारोबार चल्ने गरेको छ।
बसपार्कका अधिकांश होटल तथा इस्पाहरूमा देह व्यापारको कारोबार हुने गर्छ । १५ देखि १८ वर्ष उमेरसम्मका युवतीहरूको प्रयोग गरी होटल तथा लज एवं स्पाहरूले देह व्यापार गराउने गरेका छन् । होटल सञ्चालकहरुले नै यौन कारोबारका लागि युवतीहरूको व्यवस्था मिलाउने गर्दछन्।
प्रति व्यक्ति ३ हजारदेखि १० हजारसम्ममा देह व्यापारको कारोबार हुने गरेको पाइएको छ। ग्रामिण क्षेत्रहरूबाट र तराईका जिल्लाहरूबाट युवतीहरू ल्याई यहाँका होटल सञ्चालक तथा स्पा सञ्चालकहरुले देह व्यापारमा लगाउने गरेका छन् ।
होटल, रेष्टुरेन्ट, खाजाघर, गेस्ट हाउस र स्पाहरुमा बालिका र किशोरीहरूलाई ‘ग्राहक रिझाउन’कै लागि राखिँदै आएको छ । उनीहरू प्रायः १४ देखि १७ वर्षसम्मका हुन्छन् । तर, उमेर सोध्यो भने मालिक र उनीहरू स्वयंले पनि साँचो बताउँदैनन् । धेरैजसो राम्रो कमाइ हुने आशामा पुर्व, पश्चिमालगायत जिल्लाका ग्रामीण क्षेत्रबाट आएका हुन्छन् भने उनीहरूलाई नै होटल, रेस्टुरेन्ट सञ्चालकहरूले विस्तारै यौन कार्यमा लगाउने गर्छन् ।
हेटौंडा-१० बसपार्कका अधिकांस होटलका कोठाहरु यौनकर्मीका लागि बुक भएका हुन्छन् । खुलेआम यौन धन्दा चल्न थालेपछि यस क्षेत्रका नागरिकहरु आजित बनेका छन् । समाचारमा नाम नहाल्ने सर्तमा एक होटलकै महिला कर्मचारीले भनिन्, ‘ होटलहरुमा यस्तो व्यापार चलिरहन्छ । यहाँ प्याक भए अर्को होटलबाट मिलाई दिने गरेको छ । प्रहरी आउदैन भन्ने प्रश्नमा उनले भनिन्,’ महिनाबारीमा मिलाएको भन्छ खै थाछैन । उनका अनुसार यहाँका अधिकांश होटलमा यौनकर्मी राख्ने गरिन्छ । ग्राहकको माग अनुसार होटल मालिकले महिला तथा किशोरीलाई बोलाइदिन्छन् ।
यौनकर्मका लागि बोलाएका महिला तथा किशोरीलाई होटलवालाले निकै कम पैसा दिने गरेको तर ग्राहकबाट भने महँगो रकम लिने गरेको एक होटलकै कर्मचारीले बताए ।
कानुनले बर्जित गरेको देह व्यापार रोक्नलाई कहिलेकाँही प्रहरीले छापा मारेजस्तो गरेर होटल सञ्चालकबाट रकम असुल्दै आएको स्थानीयहरुको आक्रोश छ । यसबारे प्रहरीलाई खबर गर्दा बसपार्क क्षेत्रका स्थानीयवासीको आग्रहलाई होटल सञ्चालकहरुले बेवास्ता गर्ने गरेका छन् । स्थानीयहरुका अनुसार यौन व्यवसायमा लागेकाहरू प्रायः कलिला किशोरीहरु छन् ।
होटलमा देहव्यापार भइरहेको छ भनेर प्रहरीलाई खबर गरे उनीहरुले सिधैं होटल संचालकलाई खबर गरेर यौनकर्मीलाई भगाएर मात्रै प्रहरी पुग्ने गरेको हेटौंडा-१० बसपार्कका स्थानीयको आरो छ ।
पक्राउ पुर्जी जारी
यस्तै हेटौंडामै देह व्यापारको कारोबार गर्दै आइरहेको एक होटल सञ्चालक लाई पक्राउ पुर्जी जारी भएको छ।
देह व्यापार गराउँदै आएको होटल सञ्चालकलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। देह व्यापारका लागि ल्याइएकी एक किशोरीले आफूले भनेको रकम नपाएपछि होटल सञ्चालक विरुद्ध थानकोट प्रहरीमा उजुरी दिएकी थिइन्। उक्त उजुरी उपर जिल्ला अदालत काठमाडौँले होटल सञ्चालकलाई पक्राउ आदेश जारी गरेको हो।
मानव बेचबिखन कसुरमा होटल सञ्चालक विरुद्ध मुद्दा दायर भएको बुझिएको छ।
हेटौडा १० बसपार्कमा रहेका केही बाहेक अधिकांश होटल तथा लज र इस्पाहरूमा खुलेआम यौनधन्धा चलिरहेको छ। तर प्रहरी प्रशासनले यसतर्फ चासो देखाएको छैन । जिल्ला प्रहरी कार्यालयको ५०० मिटर आसपासमै बसपार्क रहेको छ। तर यही बसपार्कमा रहेका अधिकांश होटलमा यौन कारोबार हुने गरेको छ।
क्याटेगोरी : अन्तर्वार्ता, मुख्य खबर, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय
प्रतिक्रिया