हेटौंडाको पर्यटन प्रवर्धनमा जोड दिने मेयर सावलाई सौराहा प्यारो, समिक्षा बैठकको नाममा बजेट झ्वाम !
पुर्व मेयर डोरमणि पौडेल भन्छन्- गलत प्रवित्ति मौलायो
हेटौंडा उपमहानगरपालिकामा कुनै सस्थाले केही कार्यक्रम आयोजना गरे सहयोग गर्न हेटौंडा उपमहानगरपालिका हिच्किचाउदैन ।
अझ हजारौंको सहभागितामा कुनै कार्यक्रम भए त हेटौंडा उपमहानगरपालिकाले राम्रै बजेट सहयोगसमेत गर्ने गरेको छ । कारण हो हेटौंडाको पर्यटन प्रवर्धनमा जोड र थोर-बहुत यहाँको ब्यापार व्यवसायमा बृदि ।
यो भावना हेटौंडा उपमहानगरपालिका कि प्रमुख मिना कुमारी लामाको हो । केहि औपचारिक र अनौपचारिक कार्यक्रममा यस्तै खालका आसय व्यक्त भैरहन्छन् मेयर लामा बाट । तर उनै लामाको नेतृत्वमा हेटौंडालाई बाइपास गर्दै ८४ जनाको जम्बो टोली चितवनको सौराहा पुग्यो । निर्वाचित भए यताको विविध विषयको समिक्षाका खातिर शनिबार टोली सौराहा गएको हो भने, आइतबार फर्किएको छ ।
तर हेटौंडा उपमहानगरपालिकाको समिक्षा बैठक सौराहामा बसेको विषयमा विभिन्न टिका टिप्पणी सुरु भएको छ । हेटौंडाको पर्यटन प्रवर्धन र यहाँको व्यवसायको हितको रटान लगाउने मेयर लामाले समिक्षा बैठक सौराहा राखेर लाखौँ रकम झ्वाम पार्दा भने उनि माथि प्रश्न तेर्सिएको छ ।
‘हेटौंडा उपमहानगरपालिकाको समिक्षा बैठक सौराहामा लगेर गर्नु जायज काम नभएको विश्लेषक अर्पण पराजुलीको धारणा छ । उनि भन्छन्,’ एक त् उपमहानगरपालिकाको बैठक हेटौंडामै गर्नु पर्ने हो, अन्य पालिकामासमेत शोभनीय हुन्न, तर जिल्लै छोडेर जाँदा यसले राम्रो सन्देश गएन,’ ।
‘स्थानीय सरकारले नागरिक खुसि हुने काम गर्नुपर्छ, यस्ता अशोभनीय गतिविधि गर्दा स्थानीय सरकार प्रति जनताले हेर्ने दृष्टिकोणमा फरक पर्ने र आफ्नो घर अगाडिकोको सरकारप्रतिको विस्वास नै गुम्दै जान्छ,’।
अर्को तर्फ जम्बो टोलीनै जाँदा खान, बस्न र यातायात खर्च जोड्दा लाखौँ रकम खेर जाने भएकाले यस्ता फजुल खर्च कटौती गरी स्वास्थ्य र शिक्षाबाट बन्चित नागरिकको हितमा खर्च गरे उचित हुने उनको भनाई छ ।
उपमहानगरपालिकाको समिक्षा बैठक सौराहामा गएर गर्नु भनेको गलत सस्कारको विकास हुनु हो भन्छन् हेटौंडा उपमहानगरपालिकाका पुर्व मेयर डोरमणि पौडेल ।
‘यसरी उपमहानगरपालिकाको बजेटलाई सौराहामा गएर सिध्याउनु र बैठकको नाममा मोजमस्ती गर्नु कदापि राम्रो होईन यो गलत प्रवित्ति हो, यसले राम्रो सन्देश दिएको छैन,’ उनले भने ।
‘पहिलो कुरो बैठक जस्तो सुकै होस् हेटौंडामै बस्नु पर्छ, आफ्नै सभाहल छ, अर्को कुरो कुनै अध्ययन तथा विशेष उदेश्यको भ्रमण अरु कुनै विशेष ठाउँमा भएको भए हुन्थ्यो तर समिक्षा बैठक भनेर सौराहामा लगेर बजेट सक्ने यो प्रवित्ति बढ्दै गए राम्रो हुँदैन,’ उनले थपे ।
यता हेटौंडा उपमहानगरपालिकाले भने सबैको उल्लेख्य सहभागिताको लागि बैठक सौराहामा राखेको बताएको छ ।
एक कर्मचारीको नाममा पेश्की रकम निकालेर हेटौंडा उपमहानगरपालिकाको जम्बो टोली हिजो चितवन गएको थियो । त्यसको असर आज कार्यालयमा पनि देखिएको थियो । हेटौंडा उपमहानगरपालिकामा सेवा लिन आएका अधिकांस सेवाग्राही हाकिमहरुको अनुपस्थितिले गर्दा फर्किन बाध्य बनेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, मुख्य खबर, रोचक, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय
प्रतिक्रिया