Techie IT
Hetauda Khabar

हेटौंडाको हुप्रचौर वरिपरीको सडक अस्तव्यस्त, बीचबाटो छेकेर मेला, सिडिओ किन मौन ?

सिडिओ सावको बोलीले काम गरेन, ट्राफिक आफैले रोकिरहेको छ सवारी


हेटौंडा उपमहानगरपालिका-४ हुप्रचौर छेउको सडकमा खाना महोत्सवका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

आजदेखि होटल व्यवसायी संघको आयोजनामा सुरु भएको महोत्सवका कारण हुप्रचौर वरपरको सबै सडक अस्तव्यस्त बनेको हो । सडक पुरै जाम भएकाले अत्यावस्यक सवारीसाधनलाई समेत आवतजावतमा कठिनाई भएको छ खाना महोत्सव सडक छेउमा, सवारी आवतजावतलाई प्रभावित नपार्ने गरी आयोजना गरिने बताइएपनि हुप्रचौरको उत्तरी सडक पुर्वतर्फको सडक, भैरवरोडबाट हुप्रचौरतर्फ आउने सबै सडकमा सवारीसाधन आवतजावत प्रभावित भएको छ ।

कुनैपनि सार्वजनिक सडकमा कोही व्यक्ति वा सस्थाले सवारीसाधन आवतजावतमा अवरोध पुर्याउन हुदैन कसले अवरोध पुर्याए कानुन बमोजिम कारबाही हुनेछ भन्ने प्रावधान छ ।

तर खुलेआम कानुन विपरित बाटो छेक्दा र ट्राफिक अस्तव्यस्त बनाउदासमेत यहाँको प्रशासन मुकदर्शक बनेको छ ।

अझ ट्राफिक प्रहरी आफै बीच बाटोमा बसेर सवारीसाधन फर्काइरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाले नै कानुन विपरित बाटो नै छेकेर महोत्सव गर्न अनुमति दिएर कानुन कै खिल्ली उडाएको स्पस्ट देखिएको छ । नेपालमा सडकमा आवतजावतलाई प्रभावित गर्ने गतिविधिहरू सम्बन्धी विभिन्न ऐन तथा नियमहरू छन्।

यस्ता ऐन र नियमहरूको मुख्य उद्देश्य सडक सुरक्षा सुनिश्चित गर्नु र सार्वजनिक आवागमनलाई बाधा नपुर्‍याउनु हो । नेपाल यातायात व्यवस्था ऐन, २०४९ को  धारा १२३ मा कुनै पनि व्यक्तिले सडकमा आवागमनलाई रोक्ने, अवरोध गर्ने वा सुरक्षा उल्लङ्घन गर्ने कार्य गर्न पाइँदैन भनिएको छ । त्यस्तै सार्वजनिक अपराध (नियन्त्रण) ऐन, २०२७ को धारा २ ले सार्वजनिक ठाउँमा आवतजावत रोक्ने कुनै पनि कार्य सार्वजनिक अपराध मानिन्छ भन्ने उल्लेख छ । तर हेटौंडा उपमहानगरले नेपालको नियम र कानुनलाई नै मिचेर आफूखुसी मनलाग्दी गर्ने गरेको छ ।

उता सडकमा महोत्सव गर्न अनुमति नै नलिई सडक अस्तव्यस्त पार्दासमेत सिडिओ कार्यालयले पनि हेरेर मात्रै बसेको छ । हेटौंडाखबर संगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले सडकमा महोत्सव गर्न अनुमति नदिएको र सडकमा आवतजावत प्रभावित भए प्रहरी परिचालन गरी हटाइने बताएका थिए । तर उनको यो कुरा पनि हावा खाएको छ ।

प्रशासनलाई नै ठाडो चुनौती दिदै हेटौंडामा विभिन्न सडक रोकेर सवारी आवतजावत रोक्दा र ट्राफिक अस्तव्यस्त बनाउदासमेत सिडिओ कार्यालय नदेखे जसरी चुपचाप बसेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, मुख्य खबर, रोचक, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट