स्थानीय तह उपनिर्वाचन : आजदेखि मौन अवधि शुरु
मंसिर १६ गते हुने स्थानीय तहको निर्वाचनका लागि आजरदेखि मौन अवधि शुरु हुँदैछ।
निर्वाचन आयोगले बुधबार राती १२ बजेपछिदेखि मौन अवधि शुरु हुने बताएको हो। निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गरेको छ।
मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्न पाइने छैन।
आगामी आइतबार ३३ जिल्लाका ४१ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।
निर्वाछ आयोगले मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको जनाएको छ। य्स्तै निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाताले भाग लिने आयोगले भनेको छ। जसमा पुरुष मतदाता १ लाख १४ हजार ९००, महिला मतदाता १ लाख ११ हजार ८९६ र अन्य मतदाता ३ छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, मुख्य खबर, रोचक, विचार/ब्लग, समाचार, साहित्य, सुचना-प्रविधि, स्थानिय
प्रतिक्रिया