Techie IT
Hetauda Khabar

गन्डकी समाज मकवानपुरको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम


गन्डकी समाज मकवानपुरले चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

सोमबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै समाजले खुसियाली साटासाट गरेको हो  । वडा दशैँ २०८१ सालकाे , तिहार, छठ र नेपाल संम्वत लगायतका पर्वहरूकाे अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम गरिएको गण्डकी समाज मकवानपुरका महासचिव गोपी बन्जाराले बताए ।

कार्यक्रममा प्रमुख अतिथीका रूपमा बागगमती प्रदेशका मुख्य सचिव मुख्यमन्त्री डा. हरी लम्साल , विशिष्ट अतिथीहरूमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवाल, सामाजिक विकाश मन्त्रालय बागमती प्रदेशका सचिव बद्रिनाथ गैर्हे, बागमती विश्वविधालयका अध्यक्ष प्रा. डा. चन्द्रमणी पाैडेल ज्यु, उपाध्यक्ष डा. कुशुम राज सुवेदी, बागमती प्रदेश शिक्षा निर्देशानालयका महानिर्देशक श्री दिपेन्द्र सुवेदी, शसस्त्र प्रहरी मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञान प्र. भुर्तेल, उच्च सरकारी वकिलकाे कार्यालयका सह न्यायधीबक्ता, श्री ईश्वरीराज ढकाल ज्यु, आन्तरीक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत श्री युक्त प्र. सुवेदी ज्यु, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्री श्यामु अर्याल ज्यु, सहायक प्रजिअ धाेलराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम समाजका उपाध्यक्ष महेन्द्र राउतको सभाध्यक्षतामा भएको थियो ।  सस्थामा ६० जना आजीवन सदस्य रेका छन् भने ४०० जना सदस्य रहेका छन् गण्डकी समाजले मकवानपुरमा रहेर विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

 


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट