Techie IT
Hetauda Khabar

सूचना आयोगलाई नै झुठो जवाफ दिने र सूचना लुकाउन खोज्ने हेटौंडाको रिलायन्स बोर्डिंङलाई अर्को आदेश


सूचनाको हक सम्बन्धी ऐन २०६४ मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ र प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनि उल्लेख गरेको छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ को उपदफा १ अनुसार सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नेछ भनि उल्लेख छ । तर विभिन्न सार्वजनिक निकायले सूचना अधिकारी तोक्ने र सहज रुपमा सूचना उपलब्ध गराउने गरेका छैनन् ।

हेटौंडाका अधिकांस निजि विद्यालयमा पनि यही समस्या रहदै आएको छ । यहाँका विद्यालयले सूचना अधिकारी तोक्नुपर्ने कानुनि व्यवस्थाको पालना गरेका छैनन् । सूचना अधिकारीसमेत नराख्ने र आफ्ना सस्थाका गतिविधि सकभर गोप्य नै राखौं भन्ने मानसिकतामा मकवानपुरका अधिकांस निजि विद्यालयहरु रहेका छन् ।

त्यति मात्र होइन कसैले सार्वजनिक चासोका विषयमा सूचना माग गर्दासमेत विद्यालयले सूचना लुकाउने गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका ५ मा रहेको रिलायन्स अंग्रेजी मा.बिले पनि सूचना लुकाउने काम गरेको छ । सूचना अधिकारीसमेत नराखेको यस विद्यालयमा सूचना माग गर्दा सूचना मागकर्तालाई सूचना दिने गरेको छैन ।

केहि महिना अघि विद्यालयको गतिविधि र सार्वजनिक चासोका विषयमा विद्यालयमा सूचना माग गरिएको थियो तर विद्यालयले सूचना उपलब्ध नगराएपछी राष्ट्रिय सूचना आयोगमा पुनरावेदनसमेत परेको थियो । सोही उपरावेदन उपर आयोगले यस अघि नै ७ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो ।

तर रिलायन्स विद्यालयले सूचना आयोगलाई नै झुटो जवाफ पेश गरेपछी आयोगले पुनः विद्यालयका नाममा सुचनाको हक सम्बन्धि ऐनको दफा १० ‘३’ (क) अन्तर्गत सूचना उपलब्ध गराउन आदेश दिएको छ । आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तहरु रत्न प्रसाद मैनाली र कमला वलीको सयुक्त इजलासले असोज १० गते रिलायन्सको नाममा यस्तो आदेश गरेको हो ।

सूचना नदिएरै टार्छु र आफ्नो कार्यालयका गतिविधिलाई गोप्य राख्छु भन्नेहरुलाई राष्ट्रिय सूचना आयोगले ऐन र कानुन बमोजिम नगद दन्ड जरिवाना र कारबाही समेत गर्ने गरेको छ ।

हेटौडा उपमहानगरपालिका शिक्षा महासाखाले हेटौडा उपमहानगरपालिका भित्र रहेका निजि बिद्यालयको वर्गिकरण गर्दा रिलायन्स अंग्रेजी माध्यमिक बिद्यालय ‘घ’ बर्गमा परेको विद्यालय हो ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट