Techie IT
Hetauda Khabar

मकवानपुर-ललितपुर जोड्ने बागमती पुलमा बाढीले क्षति पुर्यायो


कान्तिलोकपथस्थित मकवानपुरमा भीमफेदी गाउँपालिकामा पर्ने मकवानपुर र ललितपुर जोड्ने बागमती खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ ।

भीमफेदी गाउँपालिका-८ कान्तिलोकपथस्थित बागमतीको पुलको मकवानपुर जिल्ला तर्फको मुखमा खोलाले अन्दाजी १० मिटर बाटो बगाई बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोही स्थानमा सामान राख्नका लागी बनाइएको जस्ताको छानो भएको टहरोमा समेत क्षति भएको र टहरोमा केहि मात्रामा निर्माण सम्बन्धी सामाग्री रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि आवागन प्रभावित भएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट