Techie IT
Hetauda Khabar

मकवानपुरको मनहरीमा भैँसीले हानेर बाघको मृत्यु


मकवानपुरको मनहरी गाउँपालिकामा भैँसीले हान्दा बाघ मरेको छ ।

बिहिबार विहान मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बल बहादुर राईको गोठमा रहेको भैँसीलाई जंगली जनावर बाघले आक्रमण गरेको थियो । भैँसीलाई आक्रमण गरेपछी प्रतिकारका बाघलाई भैँसीले हानेर मारेको प्रहरीले जनाएको छ ।

भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा रहेको भन्ने जानकारी प्रहरीलाई पुगेपछी प्रहरी टोली र पर्सा बन्यजन्तु आरक्षण सुरक्षार्थ खटीएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली खटिएको थियो ।

टोलीले हेर्दा बुझ्दा बाघ बुढो रहेको र भैँसीले हान्दा बाघको मृत्यु भएको जस्तो देखीएको प्रहरीले जानकारी दिएको छ ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटीएको नेपाली सेनाको टोलीले लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट