Techie IT
Hetauda Khabar

हेटौंडाको संजीवनी सहकारीद्वारा आश्रमलाई खाद्यान्न सहयोग


हेटौंडाको संजीवनी बचत तथा ऋण सहकारी सस्थाले आफ्नो स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ । हेटौंडा उपमहानगरपालिका-५ मा रहेको संजीवनी सहकारीले २४ औं स्थापना दिवसको अवसरमा हेटौंडा- १४ रातोमाटेमा रहेको दिव्य सेवा निकेतन जेष्ठ नागरिक आश्रय स्थलमा खाद्यान्न तथा फलफुल सहयोग गरेको हो ।

सहकारीले आश्रय स्थलमा रहेका वृद्धवृद्धाका लागि १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको सहकारीले जनाएको छ । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप विभिन्न अवसर पारेर आश्रमलाई सहयोग गरिरहने प्रतिवद्दता समेत जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा संजीवनीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट