Techie IT
Hetauda Khabar

मनहरीमा मनलाग्दी- विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक भर्ती गरेर तलब भुक्तानी !


मकवानपुरको मनहरी गाउँपालिकाले विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्ति गरेको पाइएको छ ।

पालिकाले शुन्य विद्यार्थी रहेको २ विद्यालयमा २ जना शिक्षक भर्ती गरी तलब भुक्तानी गर्ने गरेको पाइएको हो । गाउँपालिकाले श्री प्रगती रा.प्रा.वि र श्री प्रजा विकास प्रा.विमा बाल विकास सहयोगी सहजकर्ता (इसिडी) शिक्षक राखेको छ । जहाँ विद्यार्थी संख्या शुन्य छ ।

पालिकाले कानुन विपरित शुन्य विद्यार्थी भएको विद्यालयमा इसिडी शिक्षक राखी तलब भुक्तानी गरेको आर्थिक वर्ष २०७९/०८० को महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्युनतम मापदण्ड मार्गदर्शक पुस्तिका २०६७ को प्रथम संशोधन २०७५ बमोजिम न्युनतम विद्यार्थी संख्या २५ जना सम्म १ जना र २५ जना थन्दा माथि भएमा थप बालविकास सहयोगी सहजकर्ता (इसिडी) राख्न पाउने व्यवस्था छ। तर गाउँपालिकाका २ विद्यालयमा बाल विद्यार्थी संख्या शुन्य हुँदापनि इसिडी शिक्षक राखि वार्षिक २ लाख ३१ हजारको दरले २ जनाको  ४ लाख ६२ हजार तलब भुक्तानी गरेको हो ।

गाउँपालिकाले यसरी विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकको दरन्दी राखी तलब भुक्तानी हुनु नियमसंगत नदेखिएको महालेखाको प्रतिवेदनले जनाएको छ ।

यो पनि पढ्नुहोस 

मनहरी गाउँपालिकामा ब्यापक अनियमितता- पालिका अध्यक्ष क्रसर उद्योग पोस्नमा मस्त, अवैध उत्खनन् मा न कर न कारबाही

मनहरीमा मनलाग्दी – अबैध खोला उत्खनन् को छैन डाटा, क्यामेरा देखेपछी सूचना अधिकारी फरार !


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट