Techie IT
Hetauda Khabar

बागमतीमा बाहिरियाे एमाले, अल्पमतमा पर्यो जम्कट्टेल सरकार


नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय सत्ता समीकरणको सहमतिले बागमती प्रदेश सरकार पनि उलटफेर हुने परिस्थिति बनेको हो ।

माओवादी केन्द्र नेतृत्वकाे बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिएकाे छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई साेमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा याेजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटाैंडा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट