Techie IT
Hetauda Khabar

बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक


मकवानपुरको बकैया गाउँपालिकाले एसईई २०८० को झुठो विवरण सार्वजनिक गरेको पाइएको छ ।

पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले गाउँपालिका भित्र रहेका बिद्यालयको विवरणनै फर्जी तयार गरी सार्वजनिक गरेको तथ्य बाहिरिएको हो ।

शिक्षा तथा खेलकुद क्षेत्रमा निक्कै कमजोर रहेको बकैया गाउँपालिका २०८० सालको एसईई परिक्षामा समेत निक्कै कमजोर रहेको पाहिएको हो । बकैया गाउँपालिका भित्रका ११ विद्यालयमा अध्यनरत ४०३ जना विद्यार्थीले परिक्षा दिएकोमा ४६ जना विद्यार्थी मात्र पास भएका छन् ।

गाउँपालिका भित्र रहेका ११ विद्यालय मध्य ४ विद्यालय निल गएको प्रमाण लुकाई गाउँपालिकाको शिक्षा शाखाले २ बिद्यालय मात्र निल गएको झुठो विवरण बनाइ झुक्याएको तथ्य बाहिरिएको हो । गाउँपालिका भित्रका ११ बिद्यालय मध्य बकैया २ मा रहेको कालिका माध्यमिक विद्यालयबाट १६ जनाले परिक्षा दिएकोमा १६ जना विद्यार्थी फेल भएका छन् भने बकैया ५ मा रहेको प्रभात माध्यमिक विद्यालयबाट २५ जना परिक्षामा सहभागी भएकोमा २५ जनानै फेल भएका छन् । त्यस्तै बकैया ८ मा रहेको जनजागृति माध्यमिक विद्यालयबाट २६ जना परिक्षामा सहभागी भएकोमा २६ जनानै फेल भएका थिए । बकैयाकै १० नम्बर वडामा रहेको प्रसीद्ध माध्यमिक विद्यालयबाट १३ जनाले परिक्षा दिएकोमा १३ जनानै फेल भएका थिए ।

बकैया गाउँपालिका भित्र रहेका ११ बिद्यालय परिक्षामा सहभागी भएको र ४ बिद्यालय निल गएको तथ्य लाइ लुकाई गाउपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २ बिद्यालय मात्र निल गएको भ्रामक तथ्य सार्वजनिक गरेको थियो । बकैया गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख आइतराम तामांगले सबै दोष विद्यालयलाई लगाउने गरेको रहस्य समेत बाहिरीए पछी विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समितिले पत्रकार सम्मेलन गर्ने तयारि गरेको समेत बुझिएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको झुठो विवरणमा गाउँपालिका भित्रका ४०४ जनाले परिक्षा दिएको ५२ जना पास भएको र २ बिद्यालय निल गएको विवरण सार्वजनिक गरेको थियो ।

बकैया गाउँपालिकाबाट ४०३ जनाले एसईई परिक्षामा सहभागी भएको ४६ जना पास भएको र ४ विद्यालय निल गएको शिक्षा समन्वय इकाई हेटौडाले बताएको छ । बकैया गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका स्थाई शिक्षक् निजि बिद्यालय संचालक रहेको बिषय,गाउँपालिका भित्र रहेका विद्यालयको चरम अनियमितताको बिषयमा समेत गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखालाई पटक-पटक जानकारी गराउदासमेत पालिकाले चासो नदिएकाले बकैयाको शैक्षिक् गुणस्तर खस्केको जानकारहरु बताउछन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट