Techie IT
Hetauda Khabar

मकवानपुरगढी अध्यक्ष लामालाई युवा ब्यवसायीको सहयोग


मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामाको मकवानपुरगढी गाउँपालिका ३ धमीलेमा रहेको घर बिधुत सर्टभै जलेर पूर्ण रुपमा नस्ट भए पछी मकवानपुरगढी गाउँपालिकामा रहेका युवा व्यवसायीको समुहले आगोलागी पिडित लामालाई जिन्सी समान र नगद गरि एक लाख सहयोग गरेका छन।

मकवानपुरगढ़ी गाउँपालिका अध्यक्ष लामाको घर आगोलागी हुदा लामाको  अभिलेख लत्ताकपडा देखि महत्वपूर्ण कागज पत्रहरु समेत जलेर नस्ट भएको थियो । आर्थिक अवस्था समेत सामान्य रहेका अध्यक्ष लामालाई विपद पर्दा मकवानपुर गढी गाउपालिकाका युवा ब्यबसायिहरुको समुह जे.एन. स्टार ग्रुपका समाजसेवी ब्यबसायी हरुले सहयोग गरेका हुन् ।

युवा ब्यवसायिहरु प्रतिमान रुम्बा, आकाश गोले, गौतम लामा, बिक्रम घिमिरे, सदिप अधिकारि, सानुकान्छा थिंग, सुर्य बहादुर रुम्बा, श्रीमान रुम्बा, लगायतका युवा ब्यबसायी हरुले सहयोग गरेका हुन् ।

अध्यक्ष लामाको घरमै पुगेर ब्यबसायीहरुले सहयोग गरेका थिए । अध्यक्ष ज्यु को घर जलेर ठुलो क्षति भयो यो अवस्थामा हामि युवा ब्यबसायी मिलेर सानो सहयोग उपलब्ध गराएका हौ अध्यक्ष लामाको घर निर्माण को प्रक्रियामा गए पछी आवश्यक सहयोग समेत गर्ने समाजसेवी एवं युवा ब्यबसायी प्रतिमान रुम्बाले बताए ।

विपदको बेला सानो सहयोगले पनि पिडितमा आत्माबल बढ्ने भएका कारण सहयोग गरेको ब्यबसायी राजकुमार गोलेको भनाइ रहेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट