सानिमा बैंकद्वारा दश लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएपछी उनको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।
दुर्घटनाका कारण मृत्यु भएका पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए ।
बैंकले सो अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको जनाएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
क्याटेगोरी : समाचार, स्थानिय
प्रतिक्रिया