मन्त्रालयकै निर्णय मान्दैनन् हेटौंडा अस्पतालका कर्मचारी, काज सरुवा भएकाको प्रशासनमा हालीमुहाली
हेटौंडा अस्पतालका प्रशासन प्रमुख चिन्ताहरि बास्तोलाको काज सरुवा भएपनि सम्बन्धित कार्यालयमा हाजिर नभई अस्पतालमै बसिरहेको पाइएको छ ।
गत बैशाख २ गते बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार बास्तोलालाई ३ गतेदेखि लागु हुनेगरी स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा खटाईएको थियो । प्रदेश निजामती सेवा ऐन २०७९ को दफा २८ को उपदफा २ बमोजिम ३ महिनाका लागि काजमा खटाएपनि उनि अस्पतालकै प्रशासनमा बसेका छन् ।
काजमा खटाईएका बास्तोलाले मन्त्रालयबाट प्राप्त काजको पत्र अस्पतालका मेसु श्रीधर अर्यालको टेबुलको घर्रामा लुकाएर विभिन्न निर्णय गर्ने र सम्बन्धित कार्यालयमा हाजिर नभई अस्पतालकै प्रशासनमै बसेर आफ्नै हस्ताक्षर् चलाउने गरेका छन् ।
प्रदेश निजामती सेवा ऐन २०७९ विपरित र मन्त्री स्तरीय निर्णयलाइ नै अटेर गर्दै बास्तोलाले अस्पतालको प्रशासन छोडेका छैनन् । उनले यसो गर्दा उनीमाथि शंका गर्ने ठाउँ रहने र अन्य कर्मचारीले पनि त्यहि सिको गर्दै प्रदेशको ऐन, कानुन नमान्ने प्रवित्ति बढ्ने अस्पतालकै कर्मचारीहरु बताउछन् ।
उता बास्तोला भने आफुले यस विषयमा पत्र प्राप्त नगरेको बताउछन् ‘म संघमा जान लागेको मान्छे उतै जान्छु, मन्त्रालयले भन्दैमा म जान्न, उनले भने उनले आफुलाई अस्पतालका मेसुले औपचारिक रुपमा काजको पत्र नदिएको बताए । तर मन्त्रालयले भने सोही दिन काजको पत्र दिएको थियो ।
उता अस्पतालका मेसु श्रीधर अर्याल भने यो विषयमा आफुलाई केही जानकारी नभएको बताउछन् । आफु बाहिर रहेकाले अस्पतालबारे उनलाई कुनै अपडेट नरहेको उनको भनाइ छ । जबकी मन्त्रालयले निर्णय गरे पश्चात तत्कालै पत्र पठाएको थियो उक्त पत्र मेसु कै केबुलको घर्रामा राखिएको छ ।
काजमा खटिएका व्यक्ति मन्त्रालयले खटाएको ठाउँमा नगएर, प्रदेशको ऐन कानुन विपरित काम गर्नु गैरकानुनि त छदै छ । काज सरुवा भएपछी विभिन्न निर्णय गर्दै आफ्नै हस्ताक्षर चलाउनु, मन्त्रालयले दिएको पत्रनै लुकाएर पत्र पाएको छैन भन्नुलगायतले उनिमाथि शंका गर्न मिल्ने ठाउँ स्थापित भएको जानकारहरु बताउछन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया