मनै लोभ्याउने इन्द्रसरोवर (फोटो फिचर)
मकवानपुर जिल्लाको कुलेखानी क्षेत्रमा रहेको यो मानव निर्मित इन्द्रसरोवर अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ ।
मानवनिर्मित ताल भए पनि मनमोहक भएका कारण पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कुलेखानी क्षेत्रमा रहेका सुन्दर झरना लगायतका पूर्वाधारहरूले यस क्षेत्रमा विदेशी पर्यटकलाई पनि लोभ्याउने गरेको छ ।
इन्द्रसरोवर गाउँपालिकामा अवस्थित यस जलाशय एसियामा नै नमुनाको रूपमा छ । यो सरोवर सात किलोमिटर लामो छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाँधेर सुरुङबाट भीम फेदी ल्याई जलाशयको पानीबाट जलविद्युत् उत्पादन गरिएको छ।
यो स्थल जलविहार तथा माछापालनको लागि पनि प्रसिद्ध छ ।
यो सामाग्री हामीले गोरखापत्र अनलाइनबाट लिएका हौँ ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #इन्द्रसरोबर, #कुलेखानी, #मकवानपुर
प्रतिक्रिया