एमालेको सचेतकमा महेश बर्तौला
नेकपा (एमाले) को प्रतिनिधिसभाको सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका बर्तौलालाई सचेतकको जिम्मेवारी दिएका हुन्। बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव हुन् ।
३९ वर्षीय बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा पुगेका हुन् । विरोध खतिवडालाई पराजित गरेका बर्तौला विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए ।
बर्तौला राष्ट्रपति र उपराष्ट्रपति चुनावमा एमाले उम्मेदवारका प्रतिनिधि हुन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया