Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • पत्रपत्रिका
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • विचार - ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
फाल्गुन ११, २०७५ ११:०५:०७
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • पत्रपत्रिका
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • विचार - ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
पत्रपत्रिका
  • Home
  • News
  • अब आमा बन्न उमेरले छेक्दैन: नेपालमै पहिलो पटक ५४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा टेस्टट्युब बेबी
अब आमा बन्न उमेरले छेक्दैन: नेपालमै पहिलो पटक ५४ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा टेस्टट्युब बेबी
64x64
माघ २९, २०७५ हेटौंडा खबर

काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माएकी छिन्, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि।

ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति विशेषज्ञ डा नूतन शर्माको क्लिनिकमा पुगेकी ती महिलालाई उनको टोलीले बेस्ट ट्रिटमेन्ट गरेर २ सन्तानकी आमा बनाई अपार खुसी दिएर पठाएको छ।

महिनावारी बन्द भएपछि बच्चा जन्माउनु निकै ठूलो चुनौती र आश्चर्यको कुरा हो। तर अल्का अस्पतालमा सञ्चालित आईभीएफ टेस्टट्युब बेबी विभागका प्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा शर्माको टोली त्यसमा सफल भएको छ। ती महिलालाई औषधिको माध्यमबाट पुनः महिनावारी गराई पाठेघर सक्रिय पारेर ८ महिनाअघि टेस्टट्युब बेबी राख्ने प्रक्रिया अपनाइएको थियो।

डा शर्मा भन्छिन्– ‘ती महिलाको जिन्दगीको सबैभन्दा ठूलो पीडा विवाहपछि सन्तान प्राप्ति नहुँदाको थियो।’ उनका अनुसार बाँझोपनको मूल कारण स्वास्थ्य तथा शारीरिक समस्या हो। उपचार गरे निको हुन्छ र सन्तान पनि हुन्छ। यी महिला नेपालकै लागि नमुना सावित भएकी छन्। यो विज्ञानकै लागि एउटा ठूलो चुनौती र राम्रो अवसर भएको चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार सन्तान नभएर पीडामा परेका आमा, बुबा, परिवार र समाजका लागि यो निकै महत्वपूर्ण सन्देश हो।

अब आमा बन्नका लागि कुनै उमेर समूहले रोक्दैन। विज्ञान प्रविधिले असम्भवलाई पनि सम्भावनामा परिणत गरिसकेको छ भन्ने कुरामा विश्वास गर्नुपर्छ। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।


प्रकाशित मिति: मगलवार, माघ २९, २०७५, ०९:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फास्ट ट्रयाकका लागि काटिएका रूखका काठ कुहिन थाले
राजनारायण पाठकमाथि अख्तियारले नै छानबिन गर्ने
प्लटिङ कारोबारमा समेत नेपाली सेना सक्रिय
नेविसङ्घको सबै निर्णय काँग्रेसद्वारा बदर
पत्रपत्रिका
तीनै तहका सरकारलाई कांग्रेसको यस्तो चेतावनी
64x64
माघ २८, २०७५ हेटौंडा खबर
नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने भन्दै केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ । वीपी उद्यान बनाउन भनी करोडौं रुपयाँमा खरिद गरिएको जग्गामा अर्कै पार्क बनाउने षड्यन्त्र भएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो । पुरा पढ्नुहोस्
पत्रपत्रिका
सेनाको गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट खरिदमा डरलाग्दो चलखेल
64x64
माघ २८, २०७५ हेटौंडा खबर
नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । पुरा पढ्नुहोस्
ताजा समाचार
कर नतिरेको भन्दै जताततै बम बिस्फोट, एनसेलको टावर जलाइयो फाल्गुन ११, २०७५ 36
साना किसान कृषि सहकारी मनहरीद्वारा बित्तीय साक्षरता तालिम
सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै सरकार, जुनसुकै बेला बन्द गर्ने
हेटौंडाबाट २ जना मोबाइल चोर पक्राउ
हेटौंडामा दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
नवलपुर दुर्घटना अपडेट: मापसे गरी मोटरसाइकल चलाउदा दुर्घटना
हेटौंडामा अबैध इन्स्टिच्युट मौलाउदै, मौन छ प्रशासन
हेटौंडामा सुरक्षित गर्भपतन सम्बन्धी जानकारी मुलक तालिम
नेपालमा गाँजालाई कानुनी मान्यता दिन सांसद बिरोध खतिवडाको माग
विचार–ब्लग
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती... हेटौंडा खबर
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं हेटौंडा खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन सुरु माघ २७, २०७५
जी टिभीको ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका प्रितमको धमाकेदार प्रस्तुती, (भिडियो) माघ २६, २०७५
रवि लामिछाने र निकिता पौडेल हिउँसंगै रमाउदै माघ २६, २०७५
अनौठो संसार
विवाह गरेको तीन मिनेटमै बेहुलीले डिभोर्स गरिन् !
सुगाले साइकल चलायो (भिडियो)
जो मरेका मानिसहरूको खोजी गर्छन्
मंगल ग्रहमा मानवबस्ती बसाउने योजना
सम्पर्क

Hetauda Khabar

हेटौंडा ५, मकवानपुर
9851169037
hetaudakhabar.com@gmail.com, newshetaudakhabar@gmail.com

प्रकाशक : रबिन्द्र गौतम
सम्पादक : मोहन श्रेष्ठ
कम्पनी दर्ता : १५६९५५/०७३/०७४
प्रेस काउन्सिल दर्ता : ८६८
सूचना बिभाग दर्ता नं : ८७२
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • पत्रपत्रिका
  • अन्य
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
  • #मेयर
फेसबुक पेज
Hetauda Khabar
©Hetauda Khabar - 2019 All rights reserved.
Web Design by : SoftNEP