Techie IT
Hetauda Khabar

मकवानपुर १ ‘ख’ मा एकालाल अघि लागे, पछी परे गुन्जन


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले अग्रता लिएका छन् ।

दोस्रो स्थानमा रहेका श्रेष्ठ २० हजार ९३२ मत गणना हुदाँ पहिलो स्थानमा आएका हुन् । उनले राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपानेलाई पछि पारेका छन् ।

श्रेष्ठले ६ हजार ३९६ मत प्राप्त गर्दा न्यौपानेले ६ हजार ९१ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले ५ हजार ५३९ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट