Techie IT
Hetauda Khabar

मकवानपुर-१ ‘क’ मा प्रेमबहादुर पुलामीको फराकिलो अग्रता


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (क) मा गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामीको अग्रता कायम छ ।

हालसम्म १३६१९ मतगणना गर्दा नेकपा एमालेका कमल बहादुर विष्टले ४२४६ मत पाएका छन् भने लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले ५७७६  मत प्राप्त गरेका छन् । पुलामीले विष्टलाई १४९० मतले पछी पारेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सागर थापाले २६०० मत पाएका छन् भने ४९० मत बदर भएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट