Techie IT
Hetauda Khabar

एमालेका लाल बहादुर भन्दा इन्द्र बानियाँ १ हजार ८६ मतले अगाडि


मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

६५६१ मतगणना गर्दा बानियाँले आफ्नो अग्रतालाई एक हजारभन्दा बढी मतले बढाएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेका बानियाँले प्रारम्भिक गणनाबाटै अग्रता कायम गरेका थिए ।

६५६१  मतगणनाहुँदा बानियाँले ३५३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले २४४८ मत प्राप्त गरेका छन् । बानियाँ १ हजार ८६ मतले अगाडि छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट