Techie IT
Hetauda Khabar

मकवानपुर क्षेत्र २ को पनि मतगणना सुरु


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– २ को पनि मतगणना सुरु भएको छ । क्षेत्र नम्वर २ को भीमफेदी गाउँपालिकाको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

केहीबेर अघि क्षेत्र नम्वर १ को मतगणना सुरु भएको थियो । क्षेत्र नम्वर १ को बागमती गाउँपालिकाको मतगणना केही बेर अघिबाट सुरु भएको हो ।

कूल मतदाता संख्या ३ लाख ७३३ रहेको मकजानपुरमा कूल १ लाख ७८ हजार २८२ अर्थात ५९।३ प्रतिशत मात्रै मत खसेको थियो । जिल्लाको ३६४ वटै मतदान केन्द्रमा गरी ९२ हजार ८७७ जना पुरुष, ८५ हजार ४०० जना महिला र अन्य ५ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट